१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

जंगली च्याउ खाँदा एकको मृत्यु, गम्भीर घाइतेको उपचार हुँदै

बाजुराको बडिमालिका नगरपालिका ७ धम्कनेमा विषालु जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। 

स्थानीय ५१ वर्षीय रामे थापा र उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापाले जंगलबाट ल्याइएको विषालु च्याउ सेवन गरेपछि अचानक बिरामी परेका थिए। स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार राति उपचारका लागि जिल्ला अस्पताल मार्तडी लगिएको थियो।

अस्पतालमा उपचारको क्रममा रामे थापालाई मृत घोषणा गरिएको थियो भने गम्भीर अवस्थामा रहेकी नाम्सरी थापाको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

जंगलमा उम्रिएको विषालु च्याउ सेवन गरेका कारण उनीहरू बिरामी परेको प्रहरीले जनाएको छ। 

प्रकाशित: १९ श्रावण २०८३ १०:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App