१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु

सांकेतिक तस्बिर।

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

हेटौंडा उपमहानगरपालिका-१६ घर भएका ३७ वर्षीय बुद्ध बहादुर प्रजाको चट्याङ लागेर शुक्रबार राति मृत्यु भएको हो।

सोही उपमहानगरपालिका-१५ कमेरो पानीस्थित पैदल हिँडिरहेको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २१ भाद्र २०८२ २१:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App