१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

सिन्धुलीमा कार दुर्घटना हुँदा एकको मृत्यु

बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा मंगबलार कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

विराटनगरबाट काठमाडौं जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट ४२ फिट तल खसेको हो।

दुर्घटनामा परी एकै परिवारका तीन जना घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार मोरङको विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलले चलाएको कार आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनापछि प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि आत्मीय सामुदायिक अस्पताल खाल्टे लगेको थियो। उपचारका लागि अस्पताल लगिए पनि ओमबहादुरको मृत्यु भएको प्रनाउ सुवेदीले बताए।

मृतकका श्रीमती ४९ वर्षीया सुनिता अर्जेलको अवस्था गम्भीर रहेको छ। उनका छोरा ३१ वर्षीय निशान्त अर्जेलको आत्मीय सामुदायिक अस्पताल खाल्टेमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

प्रकाशित: ११ कार्तिक २०८२ १५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App