१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

एकैदिन एक लाख ११ हजार बाहिरिए

बितेका २४ घण्टामा काठमाडौं उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आइतबार अपराह्न सम्ममा चार लाख ६७ हजार मानिसले काठमाडौं छाडेका छन्।  

यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्का अध्यक्ष विजयबहादुर स्वारले अधिकांश सडकमा ट्राफिक जामले यात्रीलाई गन्तव्यमा पुग्न समस्या भएको बताएका छन्।

अध्यक्ष स्वारले घटस्थापना यता आठ लाख सर्वसाधारण काठमाडौं उपत्यकाकाबाट बाहिरिएका बताए। आफूहरूले सहज रूपमा यातायातका साधन सञ्चालनका निम्ति ट्राफिक प्रहरीलाई अनुरोध गरेको जानकारी पनि उनले दिए।

ट्राफिक प्रहरीले पनि आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरेर निर्वाध यात्राको व्यवस्था मिलाइएको जनाएको छ।

प्रकाशित: १३ आश्विन २०८२ १३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App