३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा एक जनाको मृ*त्यु, दुईको अवस्था गम्भीर

द्रुत गतिमा गुडेको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो। निजका मातापिताको अवस्था गम्भीर छ। उनीहरूको शिर मेमोरियल अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीनबहादुर घलले टेलिफोनमा जानकारी दिए। बुलेटका चालकलाई हिरासतमा लिइएको छ। रासस

प्रकाशित: ३१ आश्विन २०८३ १४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App