२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

जुम्लामा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर

जुम्ला सदरमुकाम खलंगामा बिहीबार साँझ भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्।

चन्दननाथ नगरपालिका–६ स्थित यातायात कार्यालय नजिकै रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा उक्त दुर्घटना भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका हवल्दार झलक गिरीका अनुसार बिहीबार राति करिब ९:३५ बजे भे २ त १८६८ नम्बरको ट्याक्टरमा भे ७ प २२२२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकलमा सवार पातारासी गाउँपालिका–३, हुरी गाउँका ४५ वर्षीय जनबहादुर बुढाको मृत्यु भएको हो।

दुर्घटनालगत्तै गम्भीर घाइते भएका बुढालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही मोटरसाइकलमा सवार अर्का व्यक्ति पनि गम्भीर घाइते भएका छन् र उनको प्रतिष्ठानमै उपचार भइरहेको छ। प्रहरीका अनुसार उनको अवस्था पनि चिन्ताजनक रहेको छ।

दुर्घटनालगत्तै प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरी हवल्दार गिरीले जानकारी दिए।

स्थानीयका अनुसार दुर्घटना भएको यातायात कार्यालय वरपरको क्षेत्रमा सवारीसाधनको चाप र अव्यवस्थित पार्किङका कारण सधैं जोखिम रहने गरेको छ।

उनीहरूले उक्त क्षेत्रमा ट्राफिक व्यवस्थापन र सडक सुरक्षामा ध्यान दिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

प्रकाशित: २७ कार्तिक २०८२ २१:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App