१९ माघ २०८२ सोमबार
image/svg+xml
समाज

चितुवाको आक्रमणबाट एकको मृत्यु

सांकेतिक तस्बिर

चितुवाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका–१० डफैयाका ३२ वर्षीय दिनेश थारुको बुधबार मृत्यु भएको हो ।

बारबर्दिया नगरपालिका–१० सिम्रवा सामुदायिक वन ट्वाईलेट गर्न गएको बेला चितुवाको आक्रमणमा परेर थारुको ज्यान गएको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत गोपाल चौधरीले बताए ।  

छाती, गर्दन र बायाँ खुट्टाको तिघ्रा खाइसकेको अवस्थामा थारुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी डीएसपी देवेन्द्रकुमार मल्लले जानकारी दिए ।

डिभिजन वन कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट ४ जनाको ज्यान गइसकेको छ ।  

प्रकाशित: २ पुस २०८२ २०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App