सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर १२ स्थित पूर्व–पश्चिम राजमार्गमा ईभी गाडी र साबुन बनाउने केमिकल बोकेको ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
दुर्घटनामा बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ४ निवासी ३७ वर्षीय रञ्जित रामको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। गम्भीर घाइते रामलाई थप उपचारका लागि बाराको परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएको थियो। उनको शनिबार साँझ ४ः४५ बजे मृत्यु भएको हो।
दुर्घटनामा ईभीमा सवार अन्य ११ जना घाइते भएका छन्। उनीहरूको लालबन्दीस्थित मोडल अस्पतालमा उपचार गरिएको थियो।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको ईभी र विपरीत दिशाबाट आउँदै गरेको कोशी प्रदेश ०१–०२–००२ ख १३२४ नम्बरको ट्रक आपसमा ठोक्किएका थिए।
प्रकाशित: ८ कार्तिक २०८३ ११:०७ आइतबार





