४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

ओजस्वी आचार्य लागूऔषध विरुद्धको अभियानको 'जागरण दूत'

सशस्त्र प्रहरी बल नेपालले यस वर्षलाई लागूपऔषध दुर्व्यसनी तथा ओसारपसार विरुद्धको वर्षको रुपमा मनाएको अवसरमा दमकडा नमुना माध्यमिक विद्यालय तानसेना पाल्पामा कक्षा ९ मा अध्ययनरत छात्रा ओजस्वी आचार्यलाई सङ्गठनको लागूऔषध विरुद्धको अभियानमा 'जागरण दूत' को घोषणा गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको आठौँ वार्षिकोत्सवको अवसरमा ‘लागूऔषधको दुर्व्यसनी त्यसको असर तथा ओसारपसार नियन्त्रणमा विद्यार्थीको भूमिका’ विषयमा प्रदेशस्थित विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । जसमा लुम्बिनी प्रदेशका ७२ विद्यालयका ३६ छात्र र ८० छात्रा गरी १ सय १६ जना विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए ।  

प्रविधिको माध्यमबाट भएको प्रतियोगितामा प्राप्त भिडियोमध्ये प्राध्यापक तथा विज्ञहरूको निर्णायक मण्डलद्वारा ३ सय पूर्णाङ्क राखेर प्रथम, द्वितीय र तृतीय छुट्ट्याइएको थियो । प्रतियोगितामा ओजस्वी आचार्य प्रथम भएकी थिइन ।  

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भाद्र ७ गते शनिबार बाहिनीको वार्षिकोत्सवको अवसरमा उनलाई नगद पुरस्कारसहित सम्मान गरेका थिए। उनले सो अवसरमा आचार्यलाई सशस्त्र प्रहरी बल नेपालको लागूपदार्थ दुर्व्यसनी तथा ओसारपसारको विरुद्धको अभियानमा जागरण दुतको रुपमा सम्मान ग्रहण गर्न अनुरोध गरेका थिए। 

महानिरीक्षक अर्यालले उनीसँगै द्वितीय, तृतीय र सान्त्वना पुरस्कार जित्न सफल क्रमशः नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धनौरा मधुवन, बर्दियामा कक्षा १० मा अध्ययनरत छात्रा श्रीतिका भट्टराई, नेपाल एपीएफ स्कुल कोहलपुर, बाँकेमा कक्षा ८ मा अध्ययनरत छात्रा परी केसी र रिभर क्वीन्स स्कुल बर्दियामा कक्षा ६ मा अध्ययनरत छात्रा सुभेक्षा खड्कालाई समेत नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरेका हुन् ।  

प्रकाशित: ८ भाद्र २०८२ १२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App