३ वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

आठराई त्रिवेणीमा आइतबार पनि कार्यालय खुल्ने

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा एक दिन मात्र बिदा दिने भएको छ।

आर्थिक वर्ष समाप्त हुने समयमा दुई दिन बिदा दिँदा कार्यालयको कामकाज प्रभावित हुने देखिएको भन्दै पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले बिदाको समय साविकझैँ कायम हुने जानकारी दिए। कार्यालय समय १० बजेदेखि बेलुकी ५ बजेसम्म कायम रहने र सार्वजनिक बिदाबाहेक साविकझैँ सातामा एक दिन शनिबार मात्र बिदा हुने उनले जनाएका छन्।

पालिकाले बिदाका दिनबाहेक अरू समय काम गरे कर्मचारीलाई अतिरिक्त समय काम गरेबापत प्रोत्साहन रकम दिएर काममा लगाउने पोमूको भनाइ छ। नेपाल सरकारले कार्यालय समय बिहान ९ बजेदेखि ५ बजेसम्म कायम गर्दै सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो।

आठराई त्रिवेणीले भने आइतबार साविकझैँ पालिका मातहतका सबै कार्यालय सञ्चालन हुने जनाएको छ।

प्रकाशित: २६ चैत्र २०८२ १२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App