२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण

जिल्लाको व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि गत आर्थिक वर्षमा २४३ जना गर्भवतीलाई पोषण रकम प्रदान गरेको छ।

गर्भवती पोषण कार्यक्रम (महिलासँग उपप्रमुख ) अन्तर्गत जनही पाँच हजार रूपैयाँका दरले २४३ लाई १२ लाख २५ हजार रूपैयाँ रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले बताए।

गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी कुपोषण हुनबाट बचाउने, नियमित गर्भ जाँच गराउने र असुरक्षित सुत्केरीलाई निरूत्साहित गर्ने उद्देश्यले रकमको व्यवस्था गरिएको उनले बताए। आर्थिक रूपमा कमजोर महिलालाई उक्त रकम प्रदान गरिएको हो।

नगरपालिका क्षेत्रका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक (४, ६ र ८ महिना) स्वास्थ्य गरेको गर्भवतीलाई आठ महिनापछि पाँच हजार रूपैयाँ प्रदान गर्ने कानुनी व्यवस्था छ।

यसैबीच, पालिकाले ५६ जनालाई अपाङ्गता र १२४ लाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको जनाएको छ। 

प्रकाशित: २ श्रावण २०८२ १०:०६ शुक्रबार

# Nagariknews # Nutrition for pregnant women