२ वैशाख २०८३ बुधबार
image/svg+xml
समाज

अब प्रहरीकोमा दर्ता भएका मुद्दाको प्रगतिबारे सम्बन्धित व्यक्तिको फोनमै जानकारी

नेपाल प्रहरीले दर्ता भएका मुद्दाको प्रगतिबारे सम्बन्धित व्यक्तिको फोनमै एसएमएस पठाउने भएको छ। 

विभिन्न प्रहरी एकाइहरुसम्म सेवाग्राहीबाट प्राप्त उजुरी, निवेदन, गुनासो, जाहेरी दरखास्त आदि दर्ता भए पछि त्यसको प्रगति के भयो र कसरी कार्यान्वयन भइरहेको छ भन्नेबारेमा सेवाग्राहीले दिएको सम्पर्क नम्बरमा फोन गरेर वा एसएमएस गरेर सूचना दिने व्यवस्था लागू गरिएको नेपाल प्रहरीले जानकारी गराएको हो। 

'नेपाल प्रहरीका मुद्दा दर्ता हुने प्रहरी एकाइहरुसम्म सेवाग्राहीबाट प्राप्त हुन आएका उजुरी, निवेदन, गुनासो, जाहेरी दरखास्त आदि दर्ता भए पश्‍चात् त्यसको प्रगति के भयो र के-कसरी कार्यान्वयन भइरहेको छ, सो सम्बन्धमा सम्बन्धित सेवाग्राहीहरुले दिनुभएको सम्पर्क नम्बरमा फोन गरेर वा एसएमएस मार्फत सूचना दिने व्यवस्था लागू गरिएको व्यहोरा जानकारी गराउँदछौं।,' प्रहरीले सूचनामार्फत जानकारी गराएको छ।  

प्रकाशित: २५ चैत्र २०८२ १८:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App