२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

‘चुनावपछि जो सत्तामा आए पनि राष्ट्रिय मुद्दामा सहमति गरेर अघि बढ्नुपर्छ’

<br>

वरिष्ठ राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बरालले निर्वाचनपछि बन्ने नयाँ सरकार र राजनीतिक दलहरूले प्रमुख राष्ट्रिय मुद्दाहरूमा साझा सहमति कायम गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।

बुधबार ‘नागरिक न्युज’ को डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै प्रा. बरालले चुनाव जसले जिते पनि देश निर्माणका निश्चित एजेन्डामा सबैको एकमत हुनुपर्नेमा जोड दिएका हुन्।

प्रा. बरालले राजनीतिक दलहरूलाई चुनावपछि एउटा स्पष्ट राष्ट्रिय एजेन्डा बनाएर अघि बढ्न सुझाव दिएका छन्।

उनले भने, ‘चुनावपछि जो सत्तामा आए पनि दलहरूले ५/६ वटा मुख्य राष्ट्रिय मुद्दाहरूमा सहमति गरेर अगाडि बढ्नुपर्छ। संविधान संशोधन, विकास निर्माणका आधारभूत विषय र जनताको दैनिकीका समस्या समाधानमा सबै दलको साझा दृष्टिकोण हुनुपर्छ।’

परिवर्तनका ठूला एजेन्डा सेट भइसकेको अवस्थामा अब ती एजेन्डाहरूलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा दलहरूबीच सहमति नहुँदा जनतामा निराशा छाउने गरेको उनको भनाइ छ।

प्रकाशित: १३ फाल्गुन २०८२ १९:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App