२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

आठ वर्षदेखि निर्माणाधीन नौ खानेपानी योजना सञ्चालनमा

बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा आठ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेका नौ  खानेपानी योजना सञ्चालनमा आएका छन् ।

सङ्घीय सरकारको चार आयोजना तथा प्रदेश सरकारको पाँच आयोजना आर्थिक वर्ष २०८१/८२ देखि सञ्चालनमा ल्याइएको नवलपरासी खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख प्रकाश न्यौपानेले बताए। उनका अनुसार मुढाहा खानेपानी आयोजना, भगवती मन्दिर खानेपानी आयोजना, बन्देवी खानेपानी आयोजना, कुनुवार खानेपानी योजना र कञ्चनपुर खानेपानी आयोजना लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको हो ।

यस्तै बर्दघाट–१ पञ्चनगर खानेपानी आयोजना, दाउन्ने देवी खानेपानी आयोजना, सुक्रौली खानेपानी आयोजना तथा छिबनी खानेपानी आयोजना सङ्घीय सरकारको लगानीमा बनेको हो । प्रत्येक नागरिकले स्वच्छ खानेपानी पिउन पाउनुपर्ने उद्देश्यका साथ सङ्घीय सरकार र प्रदेश सरकारले खानेपानी सञ्चालन गर्न रु ११ करोड २४ लाख ७७ हजार  विनियोजन गरेकामा रु १० करोड ३७ लाख ९५ हजारको लागतमा निर्माण गरिएका हुन् । ती योजनाबाट एक हजार ५७ घरधुरी लाभान्वित भएका प्रमुख न्यौपानेले बताए। 

छिबनी खानेपानी सञ्चालनमा आएपछि दुई सय ३५ धारा जडान गरिएका  छिबनी खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद न्यौपानेले बताए। यस्तै कुनुवार खानेपानी सञ्चालनमा आएपछि ७० धारा जडान गरिएका छन्। धारा जोड्ने काम भइरहेको कुनुवार खानेपानी उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र यादवले बताए।  

प्रकाशित: १६ श्रावण २०८२ १४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App