नवघोषित कुमारी आर्यतारा शाक्यलाई विधिवत् रूपमा कुमारी घर प्रवेश गराइएको छ। अहिले उनलाई विधिवत् रूपमा आसन ग्रहण गराइएको छ।

स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया कुमारीलाई मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारीघरमा आसन ग्रहण गराइएको छ। विशेष बाजागाजासहित आसन गराएपछि तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराइने छ। जीवित देवीका रूपमा पूजाआजा गरिने कुमारीलाई महालक्ष्मीको प्रतीकसमेत मानिएको छ।

तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइन्छ। कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चांग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको थियो। कुमारी छनोटका क्रममा सरोकार भएका सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको थियो।

नयाँ कुमारीलाई आसन ग्हण गराएसँगै पुरानो कुमारीको पनि विधिवत् रूपमा बिदाइ गरिएको छ।




प्रकाशित: १४ आश्विन २०८२ १३:०३ मंगलबार





