नेपाल रिपब्लिक मिडियाले आज (शुक्रबार) आफ्नो स्थापनाको १८औँ वार्षिकोत्सव मनाउँदै छ। वैशाख ११ अर्थात आजदेखि नेपाल रिपब्लिक मिडिया १७ वर्ष पूरा गरी १८औँ वर्षमा प्रवेश गरेको हो।
सो अवसरमा नेपाल रिपब्लिक मिडियाले विशेष कार्यक्रम आयोजना गर्दै छ। मिडियाले आफ्नो १८औँ वार्षिकोत्सवको अवसर पारेर नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वलाई 'नागरिक नायक'बाट सम्मान गर्ने कार्यक्रम रहेको छ।
नेपाल रिपब्लिक मिडियाले सत्यतथ्य समाचार र गहन विश्लेषणमार्फत सार्वजनिक र लोकतान्त्रिक जवाफदेहिता कायम राख्ने आफ्नो मिसनलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
मिडियाले नवप्रवर्तनलाई अङ्गीकार गर्दै आफ्ना पाठक र श्रोताको बदलिँदो आवश्यकता पूरा गर्ने लक्ष्य राखेको छ।
नेपाल रिपब्लिक मिडियाले नागरिक (राष्ट्रिय दैनिक), रिपब्लिका (अङ्ग्रेजी दैनिक), अनलाइन पोर्टल नागरिकन्यूज डटकम र माइरिपब्लिका डटकम तथा रेडियो नागरिक सञ्चालन गर्दै आएको छ।
प्रकाशित: ११ वैशाख २०८३ ०६:५० शुक्रबार





