३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
समाज

दसैँमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, यी तीन रुटमा सञ्चालन

नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ। 

नेपाल प्रहरीले बडादसैँको अवसरमा काठमाडौं उपत्यकामा आम नागरिकको सुविधा र सहज आवागमनका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको हो। नेपाल प्रहरीले दसैँमा यात्रुको सहजताका लागि उपत्यकाका तीन रुटमा कात्तिक ३ र ४ गते निःशुल्क बस सञ्चालन गरेको हो।

रुट नम्बर १ मा नक्सालबाट सुरु भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल हल हुँदै पुनः नक्सालमा फर्किने नेपाल प्रहरीले जनाएको छ।

यस्तै, रुट नम्बर २ अन्तर्गत नक्सालबाट सुरु भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै पुनः नक्सालमा फर्किनेछ।

रुट नम्बर ३ अन्तर्गत नक्सालबाट सुरु भई सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायण गोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ, महाराजगन्ज हुँदै पुनः नक्सालमा फर्किने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यसैगरी, निःशुल्क बस सेवाले विशेषगरी सार्वजनिक यातायातको अभावमा रहेका यात्रुलाई ठूलो राहत मिल्ने अपेक्षा नेपाल प्रहरीले गरेको छ।

निःशुल्क बस सेवा पहिलो सिफ्टअन्तर्गत आज दिउँसो ४ बजेदेखि तीनवटै रुटमा सञ्चालन भएको छ। यसैगरी, भोलि टीकाको दिन पहिलो सिफ्ट बिहान ८ बजेदेखि र दोस्रो सिफ्ट दिउँसो ३ः३० बजेदेखि उक्त रुटमा सञ्चालन हुने प्रहरीले जनाएको छ।

प्रकाशित: ३ कार्तिक २०८३ २०:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App