बजारमा खाना पकाउने (एलपी) ग्यासको अभाव देखिएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सहज आपूर्ति र बिक्री वितरणको प्रबन्ध मिलाउन सरकारका नाममा रुलिङ गरकेा छन्।
बुधबारको राष्ट्रिय सभा बैठकमा सांसदहरूले ग्यास अभावका कारण सर्वसाधारण मर्कामा परेको विषय निरन्तर उठाएका थिए।
त्यसलगत्तै अध्यक्ष दाहालले सरकारको ध्यानाकर्षण गराउँदै भने, ‘माननीय सदस्यहरूले शून्य र विशेष समयमा ग्यास अभावबारे समस्या उठाइरहनुभएको छ। जनस्तरबाट पनि व्यापक गुनासो आएकाले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँदछु।’
बजारमा कृत्रिम अभाव सिर्जना गरेर उपभोक्तालाई सास्ती दिइएको भन्दै सांसदहरूले सरकारको आलोचना गर्दै आएका छन्।
प्रकाशित: २७ श्रावण २०८३ १५:३४ बुधबार





