नागढुंगा-मुग्लिन सडक खण्डमा पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार भोलिदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सो सडक खण्डमा सवारी आवागमन बन्द गरिनेछ।
नागढुंगा-मुग्लिन सडक खण्डको घुोप्टेभीरमा लगातार पहिरो गई सवारी आवागमन प्रभावित भएकाले यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माले जानकारी दिए। बन्द अवधिमा जोखिमयुक्त ढुंगा तथा माटो हटाउने कार्य गरिने भएकाले सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइएको हो।
यात्रु तथा सवारी चालकलाई निर्धारित समयतालिकाअनुसार आफ्नो यात्रा व्यवस्थापन गर्न र सडक बन्द हुने समयमा यस खण्डमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

प्रकाशित: ४ मंसिर २०८३ १८:०३ शुक्रबार





