पोखरामा आयोजित २७ औं संस्करणको ‘तायाःमचा नृत्य प्रतियोगि-२०८३’ को उपाधि खुल्लातर्फ तेर्सापट्टी र महिलातर्फ नदीपुर तायाःमचा नाच समितिले जितेका छन्।
नेवाः खल कास्कीको आह्वान तथा लामाचौर नेवाः खल गुठीको आयोजनामा पोखरा-१६ लामाचौरमा सम्पन्न प्रतियोगितामा उनीहरू च्याम्पियन बनेका हुन्।
उपाधिसँगै खुल्लातर्फ प्रथम भएको तेर्सापट्टीले १ लाख १ हजार १११ रुपैयाँ र महिलातर्फ प्रथम भएको नदीपुरले ४० हजार रुपैयाँ नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगिताको खुल्लातर्फ पृथ्वीचोक नेवाः कचा खल द्वितीय (७७,७७७ रुपैयाँ), नयाँ बजार सांस्कृतिक समिति तृतीय (५५,५५५ रुपैयाँ) र रानीपौवा तायाःमचा नाच समितिले सान्त्वना (२५,५५५ रुपैयाँ) स्थान प्राप्त गरे।
यसैगरी, महिलातर्फ शिशुवा नेवा कचाः खल द्वितीय (३० हजार), बाघ बजार तायाःमचा समिति तृतीय (२५ हजार) र रुपा देउराली नेवाः कचा खलले सान्त्वना (१५ हजार) स्थान हासिल गरेका छन्।
विजेताहरूलाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचन, नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखे, पूर्वमन्त्री पञ्चराम गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए।
प्रकाशित: ४ आश्विन २०८३ २०:११ आइतबार





