१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

नगरपालिकाका गाडी डेढ वर्षदेखि बेवारिसे

खाँडचक्र नगरपालिकाले सरकारी सवारीसाधन बेवारिसे अवस्थामा थन्काएको छ। नगरपालिकाले  समयमै मर्मत तथा लिलाम नगर्दा ती सवारीसाधन बेवारिसे बनेका हुन्।  

नगरपालिकाले मेयर,उपमेयर चढ्ने गाडी र एम्बुलेन्स फरकफरक ठाउँमा मर्मत नगरी छाडेको छ। खाँडाचक्र ननगरपालिकाको मेयर चढ्ने बा २ झ ३९७२ नम्बरको सरकारी प्लेटको गाडी जिल्ला प्रशासन  कार्यालय अगाडि  अलपत्र छोडेपछि पार्टपुर्जा खिया लागेर काम नलाग्ने भएको छ। 

यस्तै  उपमेयर चढ्ने गाडी क प्र०२००१ झ ००९९ सुर्खेत–जुम्ला सडकखण्डको ताडिमा डेढ वर्षदेखि  बेवारिसे ​ अवस्थामा छाडिएको छ।  नगरपालिकाले क प्र०२००१ झ ००९८ एम्बुलेन्स समेत मर्मत नगरी नगरपालिकाको गेटमा राखेको छ। 

गाडी मर्मत गर्ने विषयमा नगरपालिकाको चासो  छैन्, नगरपालिकाले वार्षिक १२ लाखमा निजि गाडी भाडामा लिएर चढ्ने गरेको तथ्यं खुलेको हो। हाल दुई महिनाको लागि निजि गाडी प्रयोग गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंङ शाहीले जानकारी दिए।  

जिल्लाका प्रशासन कार्यालय अगाडि मेयर चढ्ने गाडी पालले ढाकछोप गरि राखिएको छ भने उपमेयर चढ्ने गाडी ताडी बेवारिसे छ। करोडौंको मूल्यको सवारीसाधन कबाडी अवस्थामा राखिएको हो। 

कतिपय त सामान्य मर्मत गरेर प्रयोगमा ल्याउन सकिने भए पनि त्यसतर्फ ध्यान दिइएको छैन। स्थानीय तहहरूले मर्मतसम्भारमा ध्यान नदिएर भाडाका गाडी प्रयोग गरिरहेको छ।   

प्रकाशित: १८ भाद्र २०८३ १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App