१ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

दुष्प्रचारविरुद्ध सांसद खुस्बु ओली साइबर ब्यूरोमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफ्नाविरुद्ध सामाजिक सञ्जालमा फैलाइएको दुष्प्रचारको विरोध गर्दै नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी छन्।

सोमबार सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै उनले सुनियोजित रूपमा फैलाइएको भ्रामक सूचना र चरित्रहत्या गर्ने प्रयासविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको स्पष्ट पारेकी छन्।

सांसद ओलीका अनुसार सामाजिक सञ्जाल प्रयोग गरी गलत सूचना फैलाउने र व्यक्तिगत प्रतिष्ठामा आँच पुर्‍याउने गतिविधि बढ्दै गएको भन्दै त्यसविरुद्ध कडा कारबाही आवश्यक भएको उनले उल्लेख गरेकी छन्।

उनले साइबर दुरुपयोग र दुष्प्रचारविरुद्ध कानुनी राज्यको मर्मअनुसार अन्तिमसम्म लड्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनको विगतलाई जोडेर एक युट्युबरले सामग्री प्रसारण गरेका थिए। 

प्रकाशित: ३० चैत्र २०८२ २०:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App