२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

कपिलवस्तुमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तुको तौलिहवा–भैरहवा सडकखण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

मायादेवी गाउँपालिका–१ बर्रोहियामा बुधबार बिहान करिब २ बजे भएको दुर्घटनामा मायादेवी गाउँपालिका–६ डुम्राका २५ वर्षीय ओसामा मोहम्मद मुसलमानको मृत्यु भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको लु १८ प ८७६९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०१–००१ ख नम्बरको ट्रकले ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक मुसलमानलाई उपचारका लागि कपिलवस्तु अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: ९ पुस २०८२ १०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App