२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

सत्र लाख ३० हजार बराबरका मोटरसाइकल बरामद

फाइल तस्बिर

प्रहरीले कैलालीका विभिन्न स्थानबाट रु १७ लाख ३० हजार बराबरका १५ वटा मोटरसाइकल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार आज भजनी र लम्कीचुहा नगरपालिकाका विभिन्न स्थानबाट उक्त मोटरसाइकल बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले चोरी गरिएका तथा बेवारिसे अवस्थाका सो मोटरसाइकल बरामद गरेको उनले जानकारी दिए। बरामद गरिएका मोटरसाइकल आवश्यक कारबाहीका लागि टीकापुरस्थित सत्ती भन्सार कार्यालयमा बुझाइएको उनले बताए । 

प्रकाशित: २१ जेष्ठ २०८३ २०:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App