२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

तनहुँको भानुमा एक वर्षीय छोरासहित आमा मृ'त फेला

तनँहुको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित आमाको शव मृत अवस्थामा फेला परेको छ।

सोही ठाउँ बस्ने २५ वर्षीय सरिता परियार र उहाँका छोरा कुमार परियार घर नजिकको रुखमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमृत लामिछानेले जानकारी दिए।

घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको र शवपरीक्षणका लागि प्रदेश अस्पताल दमौली ल्याइएको उनले बताए।

प्रकाशित: २४ चैत्र २०८२ २१:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App