१७ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

अमेरिकाबाट आयो थप राहत सामग्री

रसुवामा आएको विनाशकारी भोटेकोशी बाढीपछि संयुक्त राज्य अमेरिकाले नेपाललाई थप विपद् प्रतिकार्य सहायता उपलब्ध गराएको छ।

सरकारको अनुरोधमा अमेरिकी सेनाका दुईवटा कार्गो विमानमार्फत आज बाढी प्रभावित समुदायका लागि ५,००० थान विशेष राहत सामग्री, ५०० थान प्राथमिक उपचार (फर्स्ट एड) किट, स्ट्रेचर तथा एक फ्रन्ट–एन्ड लोडर (भारी उपकरण) नेपाललाई उपलब्ध गराइएको हो।

उक्त सहायता नेपाल सरकारको नेतृत्वमा सञ्चालित खोज, उद्धार तथा पुनर्लाभ (रिकभरी) कार्यलाई थप प्रभावकारी बनाउन लक्षित रहेको दूतावासले जनाएको छ।

अमेरिकाले यसअघि मानवीय सहायता बाहेक ३६ लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको थियो।

राहत सामग्रीको द्रुत आपूर्तिले अमेरिका–नेपालबीचको दिगो साझेदारी, मानवीय सहयोगप्रतिको साझा प्रतिबद्धता तथा विपद्को कठिन घडीमा प्रभावित समुदायहरूको साथमा रहने दुवै देशको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने दूतावासले जनाएको छ।

प्रकाशित: १७ भाद्र २०८३ १८:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App