१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

मनसुन सक्रिय : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

फाइल तस्बिर

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भूभाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  

आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशको पहाडी र लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रकाशित: ७ भाद्र २०८२ ०६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App