६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

मानेभञ्ज्याङमा अनुगमन, अखाद्य बस्तु नष्ट

खोटाङको साकेला गाउँपालिका केन्द्र मानेभञ्ज्याङ बजार अनुगम गर्ने क्रममा भेटिएका अखाद्य बस्तु बरामद गरि नष्ट गरिएको छ ।  

नजकिएको दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गरि गाउँपालिकाले अनुगमन गर्दा भेटिएका अखाद्य बस्तु नष्ट गरिएको  हो । शुक्रबार विहान गाउँपालिका मुकाम केन्द्र मानेभन्ज्याङ बजारको अनुगमनमा फेला परेका अखाद्य सामग्री दिउँसो नष्ट गरिएको हो ।  

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राईको संयोजकत्वमा स्प्थानीय प्रहरी, कर्मचारी र  सरोकारवाला व्यक्तिहरु संलग्न टोलीले बजारका होटल तथा किराना पसलमा अनुगमन गरेको थियो ।

प्रकाशित: १० आश्विन २०८२ १९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App