१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

देशभर मध्यमदेखि भारी वर्षा, कर्णाली र सुदूरपश्चिममा उच्च सतर्कता

देशभर सोमबार (आज) साधारणतया बदली रही विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। 

साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

कोशी प्रदेश: दिउँसो हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। तराईमा पनि बदली रही थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान छ। राति हिमाली, पहाडी र तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।  

मधेश प्रदेश: दिउँसो र राति दुवै समय तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।  

बागमती प्रदेश: दिउँसो हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। तराईमा बदली रही थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान छ। राति पनि हिमाली, पहाडी र तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।  

गण्डकी प्रदेश: दिउँसो हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। तराईमा बदली रही थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान छ। राति हिमाली, पहाडी र तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।  

लुम्बिनी प्रदेश: दिउँसो हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। तराईमा बदली रही थोरै स्थानमा मध्यम वर्षा र हावाहुरीको सम्भावना छ। राति हिमाली, पहाडी र तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।  

कर्णाली प्रदेश: दिउँसो हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। राति हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।  

सुदूरपश्चिम प्रदेश: दिउँसो हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। तराईमा बदली रही धेरै स्थानमा मध्यमदेखि भारी वर्षा र हावाहुरीको सम्भावना छ। राति हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। तराईमा बदली रही केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ।  

महाशाखाले आगामी २४ घण्टाका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र हावाहुरीबाट हुन सक्ने जोखिमबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ। 

प्रकाशित: ९ भाद्र २०८२ ०८:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App