सुदूरपश्चिम प्रदेशका मन्त्रीहरु सवार गाडी आपसमा ठोक्किँएका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार गाडी लम्कीमा एकापसमा ठोक्किएर दुर्घटना भएका हुन् ।
प्रहरीका अनुसार, से.१ झ ३३० र बा.२ झ १४१९ नम्बरको गाडी चढेर उनीहरु कैलालीको चिसापानीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन जाँदै थिए ।
कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार, गाडीमा क्षति पुगेपनि मन्त्रीसहित गाडीमा सवार सबै सकुशल छन् ।
प्रकाशित: १३ श्रावण २०८२ १४:२० मंगलबार





