१ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकामा न्यूनतम भाडा २४ रुपैयाँ

बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको छ।  

श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडादर सार्वजनिक गरेको हो।  

नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यकाभित्र र बाहिरका रुटहरूमा फरक–फरक दर कायम गरिएको छ भने दूरीका आधारमा भाडा समायोजन गरिएको मन्त्रालयले जनाएको छ।  

उपत्यकाभित्र अब न्यूनतम भाडा २४ रुपैयाँ तोकिएको छ। त्यस्तै, ० देखि ५ किलोमिटरसम्म २४ रुपैयाँ, ० देखि १० किलोमिटरसम्म ३३ रुपैयाँ, ० देखि १५ किलोमिटरसम्म ३९ रुपैयाँ, ० देखि २० किलोमिटरसम्म ४४ रुपैयाँ र २० किलोमिटरभन्दा माथि ५० रुपैयाँ भाडा निर्धारण गरिएको छ।  

यद्यपि, विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी साधनका लागि भने २०७९ वैशाख १ गतेदेखि लागू भएको पुरानै भाडादर यथावत् रहने मन्त्रालयले स्पष्ट पारेको छ।  

 

प्रकाशित: २८ चैत्र २०८२ १६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App