१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

मनकामनाबाट फर्किएको माइक्रो बस दुर्घटना

मनकामना मन्दिरको दर्शन गरेर फर्किएका भारतीय तीर्थालु बोकेको विद्युतीय (ईभी) माइक्रो बस दुर्घटनामा परेको छ।

शनिबार बेलुका सहिद लखन गाउँपालिका–३ स्थित बागमती प्रदेश ०६–००६ ख ८४३० नम्बरको गाडी दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार दुर्घटनालगत्तै सुरक्षाकर्मीको टोली घटनास्थलमा खटिएको छ।

प्रहरीका अनुसार गाडीमा भारतीय तीर्थालुहरू सवार रहेको थिए। अहिले भिरमा खसेका यात्रुहरूको उद्धार कार्य तीव्र रूपमा प्रहरीले बताएकाे छ।

गाडी करिब १४ सवार रहेकाे बताइएकाे छ।

प्रकाशित: ३० फाल्गुन २०८२ २०:५३ शनिबार