२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml
समाज

धादिङमा माइक्रो र कार ठोक्किए, ७ जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-०७ गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्।

मंगलबार दिउँसो करिब १२ः४० बजे काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ग १ प २०७ नम्बरको पर्यटक माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०२७ च ५१३६ नम्बरको कार आपसमा ठोक्किएका हुन्।

घाइतेहरूलाई तत्कालै बैरेनी अस्पताल र गल्छीस्थित स्मारिका मेडिकल हलमा सामान्य उपचार गरिएको थियो। त्यहाँ प्राथमिक उपचार सम्भव नभएपछि उनीहरूलाई थप उपचारका लागि राजधानी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परी घाइते हुनेहरूमा कारमा सवार काठमाडौं बुढानिलकण्ठ–१० का ५७ वर्षीय टोप बहादुर कार्की, ५४ वर्षीया लक्ष्मी कार्की, काठमाडौं महानगरपालिका–७ की २८ वर्षीया रुस्मिता थापा र ५४ वर्षीया मिना बुढाथोकी रहेका छन्।

त्यस्तै, कार चालक काठमाडौं–७ का ६० वर्षीय लोक बहादुर बुढाथोकी पनि घाइते भएका छन्।

यसैगरी, माइक्रोमा सवार चितवन भरतपुर महानगरपालिका–११ का ५७ वर्षीय लेख बहादुर गुरुङ र धादिङ थाक्रे गाउँपालिका–२ की १७ वर्षीया दिपिका रिजाल घाइते भएका छन्।

प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधन र माइक्रो चालकलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: २६ जेष्ठ २०८३ १६:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App