२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

पुसे मेलाका लागि मेरिङदेनले दियो दुई दिन स्थानीय बिदा

५२ वर्षदेखि लगातार लाग्दै आएको ऐतिहासिक पुसे मेलाका लागि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद शाहका अनुसार गाउँ कार्यपालिकाको निर्णय अनुसार पुस ३ र ४ गते दुई दिन स्थानीय बिदा दिइएको हो। उक्त दुई दिन आकस्मिक सेवा बाहेक गाउँपालिका मातहतका सरकारी कार्यालय, सामुदायिक विद्यालय एवं संघसंस्थाहरूमा स्थानीय बिदा लागु हुने छ।

पुस १ देखि ५ गतेसम्म मेरिङदेन गाउँपालिकाको वडा नं ३ खाम्लुङ र आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ५ चाँगेको संगम स्थल दोभान बजारमा पुसे मेला लाग्दै छ। सो अवसरमा अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता तथा साँस्कृतिक उत्सव समेत हुने पुसे मेला सञ्चालन समिति अध्यक्ष हेम चोङवाङले जानकारी दिए। उनका अनुसार पुसे मेला लाग्न थालेको यो वर्ष ५२ औं वर्ष हो।

प्रकाशित: २८ मंसिर २०८२ १२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App