२४ आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

सहमतिपछि चिकित्साशास्त्रका विद्यार्थी हरिजनले तोडे अनशन

चिकित्साशास्त्र अन्तर्गत एमबिबिएस र बिडिएसका छात्रको विभिन्न माग लिएर दोस्रो पटक आमरण अनशन बसेका एमबिबिएस छात्र हरिजन डिल्ली हरिजनले शुक्रबार अनशन तोडेका छन्।

बिहीबार शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगसँग आपसी सहमति भएपछि अनशन तोडेका हुन्।

हरिजन गत मंगलबारदेखि आमरण अनशन बसेका थिए। आमरण अनशनको चौथो दिन शुक्रबार अनशन तोडेका हुन्।

गत साउनमा पहिलो अनशनको क्रममा भएको सहमति तत्कालै सरकारले कार्यान्वयन गर्ने, एमबिबिएस र बिडिएसका छात्रहरूको निर्वाह भत्ता सरकारले तोके बमोजिम मेडिकल कलेजहरूले दिनुपर्ने लगायतका सहमति भएका छन् ।

प्रकाशित: २३ आश्विन २०८३ १५:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App