१० मंसिर २०८३ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको भारत भ्रमणबारे गोकुल बास्कोटा : सिमा विवाद त संसद्‍मै बिर्को लाएर गाथे

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे टिप्पणी गर्दै भ्रमणका उपलब्धिमाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै बास्कोटाले प्लाइउड र चिया निर्यातको विषय छायामा परेको बताए।

यस्तै, उनले नेपाल–भारत सीमा विवादको विषय पनि भ्रमणका  प्राथमिकतामा नपरेको टिप्पणी गरे।

उनले भने,‘प्लाईउड र चिया निर्यात त छायामा परेछन्। सिमा विवाद त संसद्‍मै बिर्को लाएर गाथे। ब्याज पाए पछि ऋण जुन साहुले पनि दिन्छ। भिजन पत्र त भैंसी बेचेको रकम उठाउने माघे भाका जस्तै हो।’

त्यस्तै, प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हवाई रुटसम्बन्धी सम्झौता भने सकारात्मक रहेको बताए। उनले भने,‘ हवाई रुट सम्झौता राम्रो भयो।विज्ञहरूले केस्रा केलाउन पर्ने हो–हेरौँ।’

प्रकाशित: ८ मंसिर २०८३ ०८:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App