१७ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

गोठाटारमा भीषण आगलागी, १४ पसलमा क्षति

सांकेतिक तस्बिर

काठमाडौंको गोठाटारमा गएराति भीषण आगलागी भएको छ।

गोठाटारको पहेँलो पुल नजिकै रहेको रविन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम र सटरमा करेन्ट सर्ट हुँदा आगलागी भएको प्रहरीले बताएको छ।

आगलागीमा परी १४ वटा पसलमा क्षति पुगेको छ। राति करिब सवा ९ बजेबाट सुरु भएको आगलागी स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र प्रहरी, ३ वटा पानी टयाङ्की र दमकलको सहयोगमा राति ११ बजे नियन्त्रणमा लिइएको थियो। घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।

प्रकाशित: १७ श्रावण २०८३ ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App