३१ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

सुरु भयो मनास्लु हिमाल आरोहण

फाइल तस्बिर।

शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको छ। यो याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका ४६६ जना आरोहीले गत मङ्गलबारदेखि आरोहण सुरु गरेका हुन्।

उनन्चालिस (३९) समूहमा ३४२ जना पुरुष र १२४ जना महिला आधार शिविरबाट आरोहणका लागि प्रस्थान गरेका छन्।

आधार शिविरमा लामा गुरुले पूजा गरेर आरोहणको साइत गरिएको आरोहीका सहयोगी विसबहादुर गुरुङले जानकारी दिए।

आरोहीहरूले अबको एक दुईदेखि तीन साताभित्र आरोहण गरिसक्ने गुरुङको भनाइ छ। यो याममा नेपाल सरकारले मनास्लु आरोहण गर्नेहरूबाट २१ करोड २४ लाख ४८ हजार राजस्व आर्जन गरेको पर्यटन विभागले जनाएको छ।

मनास्लु आरोहण गर्ने आरोहीको यो सङ्ख्या अहिलेसम्मकै उच्च हो। साथै, राजस्व पनि अहिलेसम्मकै धेरै हो। गोरखाको चुमनुब्री गाउँपालिका-१ सामागाउँमा अवस्थित मनास्लु सन् १९५६ मे ९ देखि आरोहण गर्न सुरु गरिएको थियो।

समुद्री सतहबाट आठ हजार १६३ मिटर अग्लो यो विश्वकै आठौं अग्लो हिमाल हो।

प्रकाशित: ३१ भाद्र २०८३ २०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App