राहदानी विभाग अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । घाइते अवस्थाका उनको प्रहरीले उद्धार गरी उपचार गर्न गरेको छ ।
उनको उपचारको लागि वीर अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।
आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास गरेको जानकारी प्राप्त भए पनि घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: २५ असार २०८३ १४:३९ बिहीबार





