४ कार्तिक २०८३ बुधबार
image/svg+xml
समाज

विवाद हुँदा ज्यान लिने धम्की दिने एक जना पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका-८ टिटिरियामा विवादका क्रममा ज्यान लिने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही स्थानका २८ वर्षीय सन्दीप चौधरी छन्। बुधबार बिहान करिब ५:३० बजे २९ वर्षीय श्यामकुमार थारुको किराना पसलको आँगनमा उनीहरूबिच विवाद भएको थियो।

विवादका क्रममा मादक पदार्थ सेवन गरेका चौधरीले आफूसँग रहेको वस्तु देखाएर थारुलाई मार्ने धम्की दिएको सूचना पाएपछि प्रहरी चौकी रनियारपुर दहवा र इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले चौधरीको साथबाट एक थान उक्त वस्तु बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ कार्तिक २०८३ १८:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App