१७ कार्तिक २०८३ मंगलबार
image/svg+xml
समाज

महिलाको निजी भिडियो रेकर्ड गरी अरूलाई देखाउने व्यक्ति पक्राउ

विद्युतीय कारोबारसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा कालीकोटका एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कालीकोटको साविक जुविथा गाविस-३ हाल तिलागुफा नगरपालिका-३ का ३७ वर्षीय खगेन्द्रप्रसाद न्यौपाने रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार न्यौपानेले एक महिलाको निजी भिडियो रेकर्ड गरी विभिन्न व्यक्तिलाई देखाउने तथा सेयर गर्ने गरेको आरोप छ।

सोही कसुरमा उनलाई काठमाडौं महानगरपालिका-३, धनेश्वरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कालीकोट ल्याइएको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।

यसैबिच, उक्त भिडियो धेरै व्यक्तिका डिजिटल उपकरण तथा सामाजिक सञ्जालमा समेत हुन सक्ने भन्दै प्रहरीले भिडियो सेयर, डाउनलोड तथा प्रचारप्रसार नगर्न आग्रह गरेको छ।

भिडियो सेयर गर्ने, प्रचारप्रसार गर्ने तथा सामाजिक सञ्जालमा फैलाउने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

पीडितको गोपनीयता, मर्यादा र सम्मानको संरक्षणका लागि भिडियो वा त्यससँग सम्बन्धित कुनै पनि सामग्री सेयर, डाउनलोड तथा प्रचारप्रसार नगर्न प्रहरीले सबैमा अनुरोध गरेको छ।

प्रकाशित: १७ कार्तिक २०८३ ०७:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App