१२ असार २०८३ शुक्रबार
image/svg+xml
समाज

मदन भण्डारी राजमार्गः ४३ किलोमिटर कालोपत्र सम्पन्न

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको मदन भण्डारी राजमार्ग हालसम्म ४३.६८ किलोमिटर सडक कालोपत्र भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ ।

 सुनसरी जिल्लाको झण्डा चोकदेखि झापाका पाटापुरसम्मको १३५.२९ किलोमिटर सडकमध्ये १०३.२९ किलोमिटर सडक ठेक्का भइसकेको छ भने २५.३२ किमी सडक ठेक्का व्यवस्थापन हुन बाँकी रहेको छ । जसमध्ये ४३.६८ किमी कालोपत्र भएको हो ।  

कार्यालयका अनुसार कालोपत्र हुन बाँकी भागको ठेक्का लगाउने तयारी भइरहको छ । कार्यालयका इन्जिनियर स्वस्तिका भट्टराईले रुख कटानमा ढिलाइ भएकाले सडक निर्माणमा ढिलाइ भएको बताए । उनले भने ‘रुख कटान सकियो, अब सडक निर्माणले गति लिन्छ ।’

ठेक्का लागेको ३७ वटा पुलमध्ये २५ वटा निर्माण भइसकेको जानकारी दिए । निर्माण सम्पन्न हुन बाँकी रहेका १२ वटा पुलमध्ये १० वटामा सहज रूपमा गाडी कुद्न सक्ने उनको भनाइ छ । सडक र पुल गरी आयोजना निर्देशानलय र योजना कार्यालयबाट १० अर्ब १३ करोड रुपैयाँ ठेक्का सम्झौता भएकामा हालसम्म आठ अर्ब रुपैयाँ खर्च भइसकेको उनले बताए ।

प्रकाशित: ३० चैत्र २०८२ १८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App