१७ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

श्रमदानबाट सडक सुरक्षित बनाउन जुटे स्थानीय

फाइल तस्बिर

झापाको राजगढ बजारदेखि घोडामारा बजारसम्म सडक किनारमा फैलिएको झाडीका कारण दुर्घटनाको जोखिम बढेपछि स्थानीय युवा आफैँ श्रमदान गर्न जुटेका छन्। सम्बन्धित निकायलाई पटकपटक जानकारी गराउँदा पनि व्यवस्थापन नभएपछि उनीहरूले सडक किनारका झाडी र बुट्यान हटाएर शनिबारबाट सडकलाई सुरक्षित बनाउने अभियान सञ्चालन गरेका हुन्।

राजगढदेखि घोडामारा बजारसम्म सञ्चालन गरिएको श्रमदान अभियानमा स्थानीय बासिन्दा, व्यापारी, शिक्षक, विद्यार्थी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधि तथा जनप्रतिनिधिको सहभागिता थियो। अभियानअन्तर्गत सडक किनारमा फैलिएका झाडी, बुट्यान र अनावश्यक घाँस हटाएर सडकलाई सफा र व्यवस्थित बनाइएको छ।

अभियानमा सहभागी युवाहरूका अनुसार सडक किनारमा बढेका झाडीका कारण मोड तथा साँघुरा स्थानमा सवारीसाधन देख्न कठिन हुने, जसले दुर्घटनाको जोखिम बढाएको थियो। श्रमदानपछि सडकको दृश्यता बढेको र सवारी चालक तथा यात्रीलाई आवागमनमा सहज भएको छ।

अभियानमा सहभागी एक स्थानीय युवा विवेक राजवंशीले भने, 'सुरक्षित सडकका लागि सरकारी निकायको मात्र प्रतीक्षा गर्नु हुँदैन। समुदाय आफैँ अग्रसर हुँदा स्थानीय समस्या छिट्टै समाधान गर्न सकिन्छ भन्ने सन्देश दिन हामी श्रमदानमा जुटेका हौँ।' रासस

प्रकाशित: १७ श्रावण २०८३ ११:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App