१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
समाज

घर फर्किन थाले बाढीबाट विस्थापित स्थानीयबासी

बाढीका कारण विस्थापित कञ्चनपुरको दोधारा–चाँदनीका स्थानीयवासी घर फर्कन थालेका छन् ।

आइतरबारदेखिको अविरल वर्षाले बस्ती डुबानमा परेपछि विभिन्न विद्यालयमा आश्रय लिएका विस्थापितहरु घर फर्किन थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।  

उनका अनुसार आज अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएका दोधारा–चाँदनी–१० शान्तीटोलका १२ घरपरिवारका ४० जना घर फर्किएका छन् । त्यसैगरी, जनज्योति माध्यमिक विद्यालयमा बसेका वडा नं ८ का  २५ घरपरिवारका ७० जना घर फर्किएको प्रवक्ता बोहराले जानकारी दिए ।

‘बस्तीमा जमेको पानी घटेपछि उनीहरु घर फर्किन थालेका हुन्’, उनले भने, ‘दोधारा–चाँदनी नगरपालिका–३ पटराखल्लाका १५ घरपरिवारका ५५ जना जमुना आधारभूत विद्यालय जमुनाघाडीमा बसेका छन् ।’  

कञ्चनपुरमा आइतबारदेखि लगातार तीन दिन भारी वर्षा भएपछि जोगबुढा नदीको बाढी बस्तीमा पस्दा दोधारा–चाँदनी नगरपालिकाका ५२ वटा घर डुबानमा परेका थिए । सो डुबानमा १६५ जना विस्थापित भएका थिए । बाढीले वडा १० र ७ मा रहेको सशस्त्र प्रहरीका दुई वटा बिओपीसमेत डुबानमा परेका परेका थिए ।

दोधारा–चाँदनी नगरपालिकाका प्रवक्ता हरिसिंह धनाडीले वडा नं ३ पटराखल्लाका बाढी विस्थापित अझै विद्यालयमा रहेको बताए ।  महाकाली नदी र जोगबुढा नदीले घेरिएको दोधारा–चाँदनी नगरपालिका हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ । 

प्रकाशित: १८ भाद्र २०८२ २२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App