१० चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

पूर्वसावधानी अपनाउन स्थानीय प्रशासनको अनुरोध

आज बिहानैदेखि वर्षा निरन्तर बढी रहेका कारण खोला तथा नदी क्षेत्रको तटीय क्षेत्रमा नबस्न आग्रह गरिएको छ।

निरन्तर वर्षा भइरहने मौसमविज्ञको पूर्व अनुमानअनुरूप बिहान ४ बजेदेखि नै पानी पर्न थालेको र रसुवाको भूबनोट बढी भीरपाखा भएकाले आउन सक्ने पहिरो एवं भलबाढीको जोखिमका सम्भावनाकाे ख्याल गर्दै स्थानीय प्रशासनले ठाडोखोला तथा नदीको तटीय क्षेत्रका आसपासमा नबस्न जिल्लावासीलाई अनुरोध गरेको हो।

सुरक्षित स्थानमा बस्न र अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान यदि जानैपर्ने अवस्था आए भरपर्दाे साथीलाई साथसाथै लिई सुरक्षित यात्रा गर्न अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष राजेश पन्थीका अनुसार रसुवाको लाङटाङ, तिवारी, चिलिमेको रोङ्गा, मैलुङ, फलाखु, राम्चेको छहरे, धोबी, घट्टे, भाँगे, तोर्मे, भोटेकोशी समेतका खोला एवं त्रिशूली नदी समेतका नदी खोलाहरूमा पानीको सतह बढ्न थालेको र सम्भावित भलबाढीबाट सुरक्षित रहन सबैमा अनुरोध गरिएको हो।

यात्रुवाहक बस तथा अन्य सवारीसाधन चलाउने सवारी चालकहरूले यात्रुलाई दिसापिसाब गराउँदा समथर स्थानमा मात्र रोक्न समेत आग्रह गरिएको छ। पानी परुञ्जेल ठाडो खोल्छाको पानी प्रयोग गरी पिसानी घट्ट सञ्चालन नर्गन समेत अनुरोध गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ।

प्रकाशित: १८ आश्विन २०८२ १०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App