९ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ।

प्रकाशित: ९ कार्तिक २०८२ ०६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App