२१ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

'अटिजमबारे सचेतना विस्तार गरौँ'

विश्वभर अटिजमसम्बन्धी चुनौती बढ्दै गएकाले यसबारे समाजमा सही बुझाइ विकास गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् ।

उन्नाइसौँ विश्व अटिजम सचेतना दिवस पारेर भैरहवामा आयोजित सचेतनामूलक कार्यक्रमका वक्ताहरूले अटिजम रोग नभई एक प्रकारको अवस्था भएको उल्लेख गर्दै समयमै पहिचान, उचित हेरचाह र सहयोग आवश्यक रहेको बताए । उनीहरूले अटिजम भएका बालबालिकालाई समाजले सकारात्मक दृष्टिकोणले हेर्नुपर्ने र अभिभावकलाई सहयोगी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अटिजम विशेषज्ञ तथा थेरापिस्ट समिद कातिला श्रेष्ठले अटिजम भएका बालबालिकाको आवश्यकता फरक–फरक हुने भएकाले व्यक्तिगत रूपमा उनीहरूको व्यवहार बुझेर सहयोग गर्नुपर्ने बताइन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले यस्ता सचेतनामूलक कार्यक्रमले अटिजमबारे जानकारी विस्तार गर्दै समावेशी समाज निर्माणमा सहयोग पुग्ने उल्लेख गरे ।

यस्तै, अटिजम सचेतना अभियन्ता नीलम लामा, नन्दु भण्डारी, सुरज भुसाल, पुष्प चक्रधरलगायतले अटिजम भएका बालबालिकालाई समान अवसर र सम्मान दिनुपर्नेमा जोड दिए । 

उनीरूले समाजमा अझै रहेको गलत धारणा हटाउन सामूहिक प्रयास आवश्यक रहेको बताए। कार्यक्रममा शैक्षिक संस्था, सामाजिक सङ्घसंस्था तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो । 

प्रकाशित: २१ चैत्र २०८२ ११:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App