२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

पुस्तक पढेर दशैँ मनाऔँ

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका नगर प्रमुख सुनिल प्रजापतिले दशैंलाई पुस्तक पढेर मनाउन आग्रह गरेका छन् । दशैंलाई केवल मिठो खाने र घुमघाममा सीमित नराखी नयाँ पुस्ताले किताब पढ्ने संस्कार बसाल्नुपर्नेमा उनले जोड दिए ।

निओ फ्युजन परिवारको आयोजनामा शुक्रबार भक्तपुरमा भएको विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले बिदाको समयमा विषयगत मात्र नभई साहित्य, ऐतिहासिक तथा राजनीतिक किताब पढेर ज्ञान हासिल गर्न सकिने बताए । उनले भने, ‘कोही पनि जन्मिँदा ठूलो मान्छे हुँदैन, ठूलो बन्न पढ्नुपर्छ।’ उनको बुझाइमा संसारमा जुनसुकै उच्च स्थानमा पुगेका व्यक्तिहरू पनि निरन्तर किताब पढेकै कारण गन्तव्यसम्म पुगेका हुन् ।

कार्यक्रममा पार्टीका अर्का केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष उकेश कवांले युवा पुस्ताले संवेदनशील भएर समय अनुसार काम गर्नुपर्ने बताए ।  

निओ फ्युजन बाजा समूहका अध्यक्ष सबिन लेवाले हालसम्म १३ वटा टोलीलाई धाँ बाजा, धिमे र बासुरी सिकाइसकिएको जानकारी दिए । उनले समूहले विभिन्न सांस्कृतिक कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएको पनि बताए ।

प्रकाशित: १० आश्विन २०८२ १६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App