२१ असार २०८३ आइतबार
image/svg+xml
समाज

कान्तिलोकपथमा दुई स्थानमा पहिरो, सडक अवरुद्ध

फाइल तस्बिर

मकवानपुरको कान्तिलोकपथअन्तर्गत दुई स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्लाको बकैया गाउँपालिका–१२ ठिंगनस्थित कान्तिलोकपथ सडकखण्डमा सोमबार राति करिब १२ः३० बजे सडकमाथिबाट ढुंगासहित पहिरो खसेर सडक अवरुद्ध भएको हो।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी निरीक्षक अर्जुन बरुवालको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो। तर निरन्तर वर्षा र पहिरो खसिरहेकाले तत्काल सडक खुलाउन सम्भव नभएको प्रहरीले जनाएको छ। सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने प्रयास अघि बढाइएको थियो।

प्रहरीका अनुसार बिहान ५ः३० बजेदेखि ठिंगनस्थित पहिरो पन्छाउने काम सुरु गरिएको थियो। बिहान ६ः३५ बजे उक्त स्थानको पहिरो हटाइएपछि सडक क्षेत्रमा सरसफाइ गर्ने क्रममा भिमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथमा पनि अर्को ठूलो पहिरो खसेर सडक पुनः पूर्ण रूपमा अवरुद्ध भएको पाइएको हो।

हाल भर्याङडाँडास्थित पहिरो हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ। पहिरो ठूलो भएकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिन रहेको र त्यस क्षेत्रमा अहिले पनि सिमसिम वर्षा भइरहेकाले उद्धार तथा सडक खुलाउने कार्य प्रभावित भएको जनाइएको छ।

प्रकाशित: १६ असार २०८३ ०९:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App