१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

पहिरोले कारागारसहित अस्पताल भवनको पर्खाल उच्च जोखिममा

शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षापछिको बाढी पहिरोले विभिन्न स्थानमा क्षति पुर्याएको छ। पहिरोले खाँदबारीस्थित कारागारको भवन उच्च जोखिममा परेको छ।

शनिबार दिउँसो आएको अविरल वर्षाले जिल्ला कारागार खाँदबारीको ३० मिटरको बाहिरी पर्खाल भत्किएको जेलर राजन घिमिरेले जानकारी दिए। पहिरोले कारागारको तल्लो भागको बाहिरी पर्खाल भत्किएर तलदेखि पहिरोले  जोखिम बनाएको उनले बताए।

पहिरो रोकथामका लागि आइतबारदेखि मर्मत थालिए पनि वर्षाका कारण समस्या भएको उनको भनाइ छ। पहिरोका कारण सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको इन्द्रदल गुल्मसमेत जोमिममा परेको जनाइएको छ। पहिरोका कारण चैनपुर नगरपालिका–६ मा रहेको १५ शय्याको नगर अस्पताल पर्खाल भत्किएर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

त्यस्तैगरी चैनपुर –३ सिद्धपोखरीमा एक घर पहिरोको जोखिममा परेको छ। आइतबार दिउँसो आएको वर्षाका कारण ढुङ्गामाटोले बनेको तेञ्जि शेर्पाको घर पहिरोको उच्च जोखिममा परेको उनले बताए। ती परिवारलाई अन्यत्र सारिएको छ। रासस

प्रकाशित: २० आश्विन २०८२ ०९:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App